Digital Waste Management System
Digital फोहोरमैला व्यवस्थापन प्रणाली
Project Overview
उपभोक्ताहरुलाई वार्ड तथा टोल छुट्टीने गरी बारकोड सहितको उपझोक्ता नम्बर प्रदान गरिने साथै हरेक उपभोक्ताहरुको एकमुष्ठ रुपमा सरसफाई सदस्याता कार्ड प्रिन्ट गर्न दिने ।
स्थानिय तहहरुले बनाएका सरसफाई सम्बन्धी ऐन तथा कार्यविधि अनुसार फोहोरको प्रकार, उक्त प्रकार अनुरुपको दर, छुट तथा जरिवाना सहज रुपमा व्यवस्थापन गरी आर्थिक बर्ष अनुरुप वा आवश्यकता अनुरुप सेटअप गर्न सकिने ।
यसरी फोहोरमैला संकलन बापतको रकम सेवाग्राहीले सामाजिक परिचालकलाई तथा वडा कार्यालयमा गएर पनि भुक्तानी गर्न सक्दछन् । सामाजिक परिचालकहरुले POS मेशिनको प्रयोग गरी बिल तथा रसिद प्रदान गर्ने गर्दछन् । उक्त POS मेशिनले सेवाग्राहीको सरसफाइ कार्डमा भएको बार कोड स्क्यान गरि उक्त विल तथा रसिद प्रदान गर्ने गर्दछ । अर्कोतर्फ सेवाग्राहीको सुविधाको लागी अनलाईन माध्यम जस्तो इसेवा, खल्ति बाट पनि सेवा बापतको रकम भुक्तानी गर्न सक्दछन् ।
सेवाग्राहीले कुन समयमा फोहोर मैला लिन आउने हो भन्ने कुराको जानकारी पाउदछन् । उक्त संकलन तालिका पालिका बाट सम्बन्धीत शाखा वा व्यक्तिले गराउने गर्दछन् । साथै कुन गाडी फोहोर संकलनको लागी काहाँ पुग्यो भनेर पनि Track गर्न सकिनेछ ।
फोहोर संकलन गर्न जाने सवारी साधनहरु कति कि.मि. वा घण्टा गुड्यो भन्ने जानकारी पनि पाइन्छ । कति डिजेल वा पेट्रोलले कति कि.मि. वा घण्टा गुड्यो भन्ने कुराको Tracking यसै System को माध्यमवाट प्राप्त गर्न सकिन्छ । साथै उक्त सवारी साधनहरुलाई प्रदान गरिने तेलको कुपन पनि यसै सिस्टमको माध्यमबाट प्रदान गर्न सकिन्छ ।
यसरी संकलन गरिएको कुहिने फोहोरलाई प्रांगरिक मल बनाउनको लागी सम्बन्धीत ठाउँमा लगेपछि उक्त फोहोरवाट प्रांगरिक मल बनाइन्छ । प्रांगरिक मल बनाउनको लागी आवश्यक मिश्रणहरु जस्तो हरियो पात, सुकेको पात, गोवर, हड्डीको धुलो, इएम झोल तथा अन्य सामाग्रीहरु केकति लाग्दछ उक्त सम्पूर्ण विवरण सिस्टममा चढाइनेछ । उक्त प्रांगरिक मल बनाउनको लागी आवश्यक Manpower लाई केकति समय लाग्दछ, त्यसको सम्पूर्ण डिटेल सिस्टममा अपडेट हुने हुँदा ति सामान तथा म्यानपावर को दर रेट बमोजिको सम्पुर्ण हिसाव निकाली कति खर्च भयो भनेर सहि हिसाव निकाल्न सकिन्छ । साथै उक्त प्रांगरिक मललाई विक्री पनि यहि सिस्टमको माध्यमबाट गरिने हूँदा सहि रुपमा खर्च तथा आम्दानी निकाल्न सकिनेछ ।
प्रतिवेदनको लागी Dynamically आफुलाई आवश्यक शीर्षक बमोजिमको प्रतिवेदन निकाल्न सकिने छ । उदाहरणको लागीः यो महिना वा वर्षमा के कति रकम उठ्नुपर्ने थियो? कति रकम उठ्यो, कुन प्रकारका सेवाग्राहीबाट कति रकम उठ्यो? टोल, वार्ड संकलक बमोजिम लगाएतका सम्पूर्ण तरिकाले प्रतिवेदन निकाल्न सकिने छ ।
Video Link: https://www.youtube.com/watch?v=WLbTkm5gNXc
Key Features
भुक्तानी प्रणाली
फोहोर संकलन सूचना
प्रांगरिक मल सम्बन्धी सुचना
सवारी साधन प्रबन्धन
तेल कुपन र मल उत्पादन प्रबन्धन
रिपोर्ट जनरेटर
Client Feedback
Bibek Pokhrel
Chief Engineer, Madhyabindu Municipality
This software is very helpful for our municiplaity.
Ready to Start Your Project?
Let's discuss how we can help you achieve your business goals with custom software solutions.