Darta Chalani and File Tracking Software

अनलाईन दर्ता चलानी तथा सिफारिस सफ्टवेयर सिस्टम

PHP MySQL Laravel JavaScript PHP Github

Project Overview

स्थानीय तह अन्तर्गतका कार्यालयहरुले (पालिका तथा वडा कार्यालय / कार्यालय) आफ्ना नागरिकहरुलाई विभिन्न किसिमका सिफारिसहरू प्रदान गर्दै आइरहेको व्यहोरा हामी सबैलाई अवगत नै छ l उक्त सिफारिसको ढांचा कार्यालय अनुसार फरक फरक पनि हुन सक्छन तथा नागरिक लाइ नेपाली भाषा का साथै अंग्रेजी भाषामा पनि सिफारिस दिनु पर्ने हुन्छ l उक्त समयमा कार्यालयमा नेपाली तथा अंग्रेजी भाषाका बनिबनाउ ढांचाका सिफारिस नहुन सक्छन l सो समस्या लाइ राम्रो संग समाधान गर्नको लागि पहिलेनै तयार गरिएको सिफारिसका ढांचा यो सफ्टवेयर अन्तर्गत समावेस गरिएको छ l
साथै पालिका अन्तर्गतका शाखा - शाखा बीच तथा वडा कार्यालयले पालिकामा कुनै पनि फाइल पठाएको खण्डमा उक्त फाइल कुन शाखामा के कति समयदेखि के कारणले रोकिएको हो भन्ने जानकरी यसै प्रणालीको माध्यमबाट पाउन सकिन्छ l पालिका तथा हरेक वडा कार्यालयले यसै प्रणालीको माध्यमबाट दर्ता तथा चलानी पनि गर्न सकिने व्यवस्था मिलाईएको छ र पालिकाले ती सम्पूर्ण क्रियाकलापहरुको निगरानी राख्न सक्ने छ

Key Features

पालिका तथा वडा कार्यालयलाई छुटा-छुटै लागिन को व्यवस्था हुने l

नेपाल सरकार तथा स्थानीय सरकारले तोकेको सम्पूर्ण सिफारिस एउटै प्रणालीमा हुने l

सुची दर्ता, व्यतिगत, संस्थागत, सरकारी, गैर सरकारी तथा अन्य विभिन्न प्रकारबाट दर्ता - चलानी गर्न सकिने l

टिप्पणी तथा दर्ता गरेको फाइल शाखा-शाखा तथा वडा-पालिका-शाखा बीच आदान प्रदान गर्न मिल्ने l

टिप्पणी तथा दर्ता गरेको फाइल TREE STRUCTURE अनुसार कुन मिति मा कहाँ बाट कहाँ गएको बिस्तृत विवरण सहित ट्रयाक गर्न मिल्ने l

सिफारिस तथा चलानी पत्रलाई MS Word मा लगी संसोधन गर्न मिल्ने l

नया दर्ता गरिएको पत्र तथा टिप्पणी चलानी गर्दा बार कोड प्रिन्ट गर्ने जसले गर्दा उक्त पत्र लाइ सजिलै संग खोज्न सकिन्छ l

एउटा शाखा बाट आर्को शाखामा पत्र पठाउदा Desktop Notification दिने जसले गर्दा सम्बन्धित कर्मचारीलाई पत्र आएको सजिलै संग थाहा हुनेछ l

हरेक दर्ता पत्र तथा टिप्पणी मा कमेन्ट गर्न मिल्छ जसले गर्दा उक्त कार्यको सम्पूर्ण कुराहरु छर्लंग बुझ्न सकिन्छ l

सम्पूर्ण सिफारिसको ढांचा पालिका स्वयंले व्यवस्थापन गर्न सक्ने l

भविष्यको प्रयोगको लागि सम्पूर्ण कागजातहरु सुरक्षित साथ राख्न सकिन्छ (.pdf, .jpg, .doc, .xls…) l

विभिन्न प्रकारको प्रयोगकर्ता निर्माण गर्न सकिन्छ l

प्रयोगकर्ता, शाखा तथा वडा कार्यालय पालिका स्वयंले व्यवस्थापन गर्न मिल्ने l

निम्न शिर्षकमा प्रविष्टि प्रतिवेदन निकाल्न सकिने l

दैनिक क्रियाकलाप / प्रतिबेदन निकाल्न सकिने l

आवस्यकता अनुसार विभिन्न प्रकारका प्रतिवेदन निकाल्न सकिने l

वडा कार्यालयमा भएका गतिविधिहरु पलिकबता निरीक्षण गर्न सकिने l

Project Information

  • Client: Confidential
  • Category: PHP
  • Completion Date: March 2025
  • Technologies:
    MySQL Laravel JavaScript PHP Github

Interested in a Similar Project?

Contact us today to discuss how we can help you achieve your business goals with custom software solutions.

Get in Touch

Related Projects

Ready to Start Your Project?

Let's discuss how we can help you achieve your business goals with custom software solutions.